काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले १२औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । रौतहट जिल्ला परोहा नगरपालिका वडा नं.३, तेजापाकड टोलमा रहेको भगवान प्राथमिक विद्यालय तेजापाकडको कक्षा १ देखी ५ सम्मका २०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकता अनुसार विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक शेख अब्दुल्लाह, शिक्षक मोहमद हसरे आलम, राम नरेश महतो र शिक्षिका गायत्री कुमारी यादव, रेखा कुमारी यादव र वडा नं.३ का अध्यक्ष महेश सिंह, परोहा नगरपालिकाका शिक्षा संयोजक सन्तोष पटेल, श्री माध्यमिक विद्यालय पोखरियाका प्रधानाध्यापक अनिल द्धुवेदी, अनुगमन कार्यलयबाट अनुगमन अधिकृत अनिल चौधरी र शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी सरोज चौधरी, गोपाल कुमार यादव, परमानन्द सहनी, धिरज कुमार गुप्ता, नरेन्द्र चौधरीको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक शेख अब्दुल्लाहले हिमालयन लघुवित्तद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेकोमा आभार व्यक्त गरे।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्