×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ

Artha Sarokar

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले  ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्ने दाबी गरेको छ  । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर-एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०-०८१ को अवधिमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अण्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको हो ।

रेटिङ एजेन्सीले आर्थिक वर्ष  २०८०-८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मूल्याङ्कन गरेको छ । जसले गर्दा आर्थिक वर्ष २०८०-८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थता समाधान प्रोफाइलमा मा सुधार भएको छ ।

कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्ता पूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुर्याएको छ । यसैगरी आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी