काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर जारी गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आइपीओमा साउन १० गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्