काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।
उक्त आर्थिक वर्षमा चार करोड ८० लाख ६० हजार बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।
यसैगरी, सोही अवधिमा एक करोड ६५ लाख २० हजार रुपैयाँको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजार रुपैयाँको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला, १२ लाख मूल्य बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्