काठमाडौँ । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू विदेशिदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन् । तर गाउँका बाँझो जग्गामा फलफूल खेती गर्ने हो भने पनि राम्रो कमाइको सम्भावना छ ।
खाँडादेवी गाउँपालिकाको तल्लो भेगमा रूख कटहर खेतीको राम्रो सम्भावना देखिएको छ । सो गाउँपालिका गागल, पिङखुरी, पकरबास, माकादुम, भिरपानी, मझुवालगायतका तल्लो भेगमा कटहर राम्रो हुने गरेको छ ।
एउटा वयस्क बोटमा सयौँ कटहर फल्ने भएकाले यसबाट स्थानीयले राम्रो आम्दानी गर्नसक्ने देखिएको छ । कलिलोमा तरकारी र पाकेपछि भित्रको कोया खान मिल्ने कटहरलाई बहुउपयोगी फलको रूपमा लिइन्छ । बारीका काल्ना तथा खाली जग्गामा कटहर लगाउने हो भने किसानले राम्रो आम्दानी गर्न सक्ने देखिएको छ । एक पटक लगाएपछि वर्षै आम्दानी दिने कटहर खेतीको लागि धेरै मेहनत पनि गर्नु नपर्ने किसानहरू बताउँछन् ।
‘रूख हुर्किएपछि जग्गाको खनजोत र सामान्य मल हालिदिने बाहेक अरू केही गर्नुपर्दैन ।’, स्थानीय किसानले भने ।
यसैलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिका र सो गाउँपालिकाका विभिन्न वडाले कटहर लगाउन चाहने किसानलाई कटहरका बिरुवा वितरण गरिरहेका छन् । फलफूल खेतीलाई व्यवसायिकरण गर्न स्थानीय तहका वडासम्मले प्रयास गरिरहेका छन् । बाँझो जग्गामा बिरुवा लगाएर स्थानीयले आम्दानी गर्न सकुन् भनेर फलफूलका रूख रोप्ने अभियान नै गाउँपालिकाले चलाएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । ‘व्यावसायिक रूपमा गर्ने हो भने जेमा पनि पैसा छ, तर दुःख भने गर्नुपर्छ ।’, उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्