×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली, घटनाप्रति दु:ख व्यक्त, आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली, घटनाप्रति दु:ख व्यक्त, आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै

Artha Sarokar

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । विमान दुर्घटनास्थल अवलोकनपछि ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताएका हुन् ।

ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमास्थित नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा बृफिङ समेत लिएका छन् । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरे ।

दुर्घटनाबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने उनले बताएका छन् । त्यस्तै, आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई उनले निर्देशन दिएका छन् ।

घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न ओलीले आग्रह गरेका छन् । बृफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागी भएका थिए ।

सौर्य एयरलाइन्सको विमान बुधबार बिहान करिब ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी