Skip to content
LAXMI SUNRISE BANK

माओवादी कहिल्यै भ्रष्टाचारको काण्डमा मुछिएन: सांसद सापकोटा

अर्थ सरोकार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अहिलेसम्म कुनै पनि भ्रष्टाचारको काण्डमा माओवादी नमुछिएको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले माओवादी भ्रष्टाचारको काण्डमा नमुछिएको दाबी गरेका हुन् । 

तर, भ्रष्टाचारको बात लगाएर माओवादीलाई हेप्न खोजे त्यो एउटा सपना मात्र हुने सांसद सापकोटाले जिकिर गरेका छन् । 

‘सत्तापक्षका एक जना बरिष्ठ नेताले विदेशमा गएर माओवादीलाई आगामी चुनावमा दुवै पार्टीले नलिने सर्तमा गठबन्धन गरिएको भन्नु भएको रहेछ । क्या गज्जब ! भ्रष्टाचारले डुङडुङती गनाएर सिनोमा परिवर्तन हुन लागेका तपाईंहरूले हामीलाई युद्धमा टाउकोको मोल तोक्ने, शङ्का लाग्ने बित्तिकै गोली ठोक्न आदेश दिएको होइन् ?’, उनले भने, ‘कुनै नीतिगत भ्रष्टाचारको काण्डहरूमा नमुछिएको माओवादीलाई हेप्न खोज्नु भएको छ भने त्यो तपाईंहरूको दिवा सपना हुनेछ ।’

साथै उनले जनताले माओवादीजस्तो पार्टीलाई मात्र बोक्ने पनि उल्लेख गरेका छन् । उनले भ्रष्टाचारमा नमुछिएकाले माओवादीले छाती खोलेर जनताका माझ गर्व गर्न सक्ने हैसियत बनाएको बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK