Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदै, बजारका बारेमा के आउला ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्ष (२०८१/८२) मा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । 

बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ । 

त्यस्तै, निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको जनाइएको छ । कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा ‘लोन टू भ्यालु रेसियो’ र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैकले जनाएको छ  । 

योसँगै शुक्रबार सार्वजनिक हुने मौद्रिक नीतिमा सेयर बजारलाई लक्षित गर्दै लगानीकर्ताको हित हुनेगरि नीतिमा परिमार्जन हुने सेयर लगानीकर्ताहरुले अपेक्षा गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK