काठमाडौँ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।
शुक्रबार बिहान बसेको सञ्चाक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको हो ।
सञ्चालक समितिबाट पारित भएको मौद्रिक नीति शुक्रबार मध्यान्न सवा १२ बजे राष्ट्र बैंकको नवनिर्मित भवनबाट सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।