Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिः राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्य बढायो, ब्याजदर करिडोर साढे ६ प्रतिशतमा झर्यो 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार केन्द्रीय बैंकको नवनिर्मित भवनबाट चालु आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीति सार्वजनिक गरेको हो । 

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा विस्तारको लक्ष्य १२.५ प्रतिशत प्रक्षेपण गरेको छ । 

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो । त्यस्तै, राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतको ७ प्रतिशतको माथिल्लो सीमालाई साढे ६ प्रतिशतमा झारेको छ । 

राष्ट्र बैंकले लिएको यस्तो नीतिले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर थप घटाउन प्रेरित गर्नेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK