Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिः चेक बाउन्स भएकै भरमा कालोसूचीमा नराखिने

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत चेक बाउन्स भएकै आधारमा कालोसूचीमा नराखिने व्यवस्था गरेको छ । शुक्रबार आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि चेक बाउन्सको केसमा कर्जा सूचना केन्द्रले सम्बन्धित व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्न सक्ने व्यवस्था रहेको थियो ।

यसरी कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्ति/संस्थालाई कुनै पनि बैंकिङ कारोबार गर्न नमिल्नेगरी बन्देज लगाइँदै आएको थियो । तर, अब भने चेक बाउन्स भएकै आधारमा कालोसूचीमा नपरिने भएको छ ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालोसूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ ।’, मौद्रिक नीतिमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK