×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा

GLOBAL IME BANK

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सधैँ अन’मा आधारित हुँदै एनसेलले फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ । जसमा एनसेलका ग्राहकले डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्नेछन् ।

एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन समझदारी गरेका हुन् । एनसेलले मेटासँगको सहकार्यमा मङ्गलबारबाट लागू हुने गरी दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको हो ।

विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन सान्दर्भिक रहेको कम्पनीले जनाएको छ । डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ भने फेसबुक बेसिक मोडमा डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा पनि टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा रहेको छ। 

यी दुवै प्रोडक्टहरूमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागू  गरिएको छ ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ ।

टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध हुँदैन । यसैगरी, स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुक मार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्नेछन् । यसको मतलब ग्राहकहरूले आफ्नो स्टाटस्, पोस्टहरू राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता कामहरू गर्न सक्छन् ।

ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: