Skip to content
LAXMI SUNRISE BANK

तनहुँबाट स्रोत नखुलेको १२ लाखसहित दुईजना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । तनहुँमा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । तनहुँको ब्यास नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसी रहेका छन् । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरुलाई शंका लागेर जाँच गर्दा उक्त रकम बरामद गरिएको हो । 

हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK