×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै रकम ठग्ने एक महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै रकम ठग्ने एक महिला पक्राउ

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका वडा नं. १० बस्ने ३६ वर्षीय अञ्जना राई रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन ९ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले दुई जनालाई सिंगापुर पठाउने भन्दै तीन लाख ३६ हजार रुपैयाँ ठगी गरेकी थिइन् ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी