काठमाडौँ । काठमाडौँको न्युरोड क्षेत्रमा अव्यवस्थित पार्किङकोे समस्या बढ्न थालेको छ । फुटपाथ बिस्तार हुँदा मुख्य सडकको पार्किङ हटेसँगै न्युरोडका गल्लीहरुमा अव्यवस्थित पार्किङको समस्या बढ्न थालेको हो ।
फुटपाथ विस्तारका क्रममा काठमाडौँ महानगरपालिको मूल सडक छेउका पार्किङ हटाएसँगै त्यसको चाप गल्लीहरुमा परेको छ । जसका कारण आम नागरिकले आवतजावत र हिँडडुल गर्दा समस्या भोगिरहेका छन् ।
अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्र र आसपासका सांस्कृतिक धरोहर एवम् सम्पदाहरु मासिने खतरामा छन् । सांस्कृतिक धरोहरहरुको सौन्दर्यता नै खोसिएको देख्न सकिन्छ ।
पार्किङ गरिएका सवारी साधनले सांस्कृतिक सम्पदाहरुको सौन्दर्य त खोसेको छ नै साथमा भौतिक संरचनामा असर पनि गरिरहेको छ । काठमाडौँको पुरानो समस्या व्यवस्थित पार्किङको विकल्प नखोज्ने हो भने महानगर भित्रका सांस्कृतिक धरोहरुस्थलहरु मासिने निश्चित छ । त्यसैले वैकल्पिक स्थल खोजेर पार्किङको व्यवस्था गर्न आवश्यक भइसकेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्