×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन

Artha Sarokar

९ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षको अवधिमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागिआउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा मात्रै एक करोड छ लाख ४३ हजार एक सय ७२ रुपैयाँ भेटी संकलन भएको थियो ।

HIGHLIGHTSस्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागिआउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो ।

पुसमा ३५ लाख २९ हजार रुपैयाँ, माघमा २४ लाख एक हजार पाँच सय रुपैयाँ र फागुनमा ५५ लाख ६० हजार आठ सय ८० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र  ७५ लाख सात हजार एक सय ५० रुपैयाँ भेटी सङ्कलन भएको उनले जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार चार सय रुपैयाँ, जेठमा १५ लाख ६५ हजार नौ सय ६५ रुपैयाँ र असारमा १६ लाख ८८ हजार नौ सय रुपैयाँ भेटी सङ्कलन भएको उल्लेख गरिएको छ ।

गत आवमा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी