काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफ्नै निजी निवास खुमलटार फर्किएका छन् । प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका प्रचण्ड खुमलटार फर्किएका हुन् ।
पदमुक्त भएसँगै प्रचण्ड विश्वासको मत नपाएकोबारे जानकारी गराउन शितलनिवास पुगेका थिए । त्यसपछि उनी शितलनिवासबाटै सिधै खुमलटार गएका हुन् ।
खुमलटारमा उनलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए । प्रचण्ड पदमुक्त भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः