×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिंसा चर्किएपछि बङ्गलादेशबाट स्वदेश फर्किए ४७ नेपाली विद्यार्थी, थप विद्यार्थी फर्कने तयारीमा (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

हिंसा चर्किएपछि बङ्गलादेशबाट स्वदेश फर्किए ४७ नेपाली विद्यार्थी, थप विद्यार्थी फर्कने तयारीमा (फोटो-कथा) 

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिंसा चर्किएपछि बङ्गलादेशबाट नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका छन् । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बङ्गलादेशमा सुरु भएको विद्यार्थी प्रदर्शन हिंसात्मक हुन थालेपछी अध्ययनका लागि बङ्गलादेश गएका नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् । 

यसैबीच साउन ६ गते (आइतबार) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बङ्गलादेशबाट ४७ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । 

कलेजको एम्बुलेन्समार्फत बङ्गलादेशको विमानस्थलसम्म पुगेका उनीहरु विमान बङ्गलादेशको उडानमार्फत नेपाल आएका हुन् । थप विद्यार्थीलाई आइतबार साँझ नै हिमालयन एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमार्फत नेपाल फर्किन चाहने नेपाली विद्यार्थीसँग सहजिकरणका लागि आवश्यक पहल गर्न निर्देशन दिएसँगै हाल बङ्गलादेशबाट नेपाल फर्कने विद्यार्थीहरू बढेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी