×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आभोकाडो मूल्य ५० रुपैयाँले घट्दा ३० रुपैयाँले बढ्यो डल्ले च्याउको मूल्य (मूल्यसूचिसहित)

GLOBAL IME BANK
SHREE KESH

आभोकाडो मूल्य ५० रुपैयाँले घट्दा ३० रुपैयाँले बढ्यो डल्ले च्याउको मूल्य (मूल्यसूचिसहित)

२० असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज आभोकाडोको मूल्य घट्दा डल्ले च्याउको मूल्य बढेको छ । आभोकाडोको मूल्य ५० रुपैयाँले घटेर ५५० रुपैयाँ र डल्ले च्याउको मूल्य ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५८ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, सेतो मुला ५० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ४०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ६०, हाइब्रिड घ्यु सिमी ६०, राजमा १२०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ४०, लोकल परवर ३० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ४०, फर्सी पाकेको ३५, हरियो  हरियो फर्सी (डल्लो) ३०, भिण्डी ६०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ६०, कन्य च्याउ १२०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ८०, ब्रोकाउली १२०, चुकन्दर ५०, रातो बन्दा ४०, जिरीको साग ८०, सेलेरी १६०, पार्सले २५०, पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ६०, हरियो धनियाँ ७०, चाइनिज सुकेको लसुन २१०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, आँप (मालदह) ६०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १३०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: