×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदुवाको मूल्य बढ्दा अकबरे खुर्सानीको मूल्य घट्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

GLOBAL IME BANK

अदुवाको मूल्य बढ्दा अकबरे खुर्सानीको मूल्य घट्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

३० असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य बढ्दा अकबरे खुर्सानीको मूल्य घटेको छ । अदुवा २० रुपैयाँले बढेर प्रतिकेजी २४० रुपैयाँ र अकबरे खुर्सानी ५० रुपैयाँले घटेर ३५० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५५ रुपैयाँ, भारतीय रातो आलु ५३ रुपैयाँ, रातो आलु (मुडे) ५८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, रातो मुला ७०, सेतो मुला (लोकल) ३० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १२०, मकै बोडी ९०, घिउ सिमी लोकल २००, घिउ सिमी राजमा १५०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ७० रुपैयाँ, घिरौला ९०, झिगुनी ७०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ७०, भिण्डी १००, पिंडालू ९०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १२०, कन्य च्याउ २००, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली ९०, चुकन्दर ५०, सजिवन ४५०, रातो बन्दा ५०, जिरीको साग ३००, सेलेरी २००, पुदिना ३००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २४०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, आँप (मालदह) ९०, आँप (दसहरी) १००, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ११०, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ५५० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: