Skip to content
LAXMI SUNRISE BANK

काउलीको मूल्य ३० रुपैयाँले बढ्दा ३० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य (मूल्यसुचीसहित)

अर्थ सरोकार

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीको मूल्य बढ्दा डल्ले च्याउको मूल्य घटेको छ ।  काउलीको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी ९० रुपैयाँ र डल्ले च्याउको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी ३०० रुपैयाँमा किनबेच भईरहेको छ।

नेपाली ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो १००, तने बोडी १००, मकै बोडी १००, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ८०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ११०, स्कुस ८० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १८० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १३०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १००, चुकन्दर ६०, रातो बन्दा ६०, जिरीको साग ३००, सेलेरी १८०,पार्सले ५००, पुदिना ५५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३५०, आँप (मालदह) ११०, आँप (दसहरी) ११०, मौसम १६०, जुनार २६०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK