×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुरिलोको मूल्य ५० रुपैयाँले बढ्दा २० रुपैयाँले घट्यो तितो करेलाको मूल्य (मूल्यसुचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL

कुरिलोको मूल्य ५० रुपैयाँले बढ्दा २० रुपैयाँले घट्यो तितो करेलाको मूल्य (मूल्यसुचीसहित)

४ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य बढ्दा तितो करेलाको मूल्य घटेको छ ।  कुरिलोको मूल्य ५० रुपैयाँले बढेर प्रतिकेजी ३०० रुपैयाँ र तितो करेलाको मूल्य २० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी ११०, मकै बोडी १००, घिउ सिमी लोकल १५०, घिउ सिमी राजमा १५०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ८०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला ११०, झिगुनी ७०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १००, पिंडालू ९०, स्कुस ९० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १६०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ३००, न्युरो ११०, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ५०, जिरीको साग ४००, सेलेरी २००,पार्सले ७००, पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १६०, जुनार २६०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी