×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले बढ्यो पुदिनाको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL

१०० रुपैयाँले बढ्यो पुदिनाको मूल्य, आइतबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

६ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज पुदिनाको मूल्य १०० रुपैयाँले बढेको छ । पुदिनाको मूल्य १०० रुपैयाँले बढेर प्रतिकेजी ७०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १७ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ११० रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १००, मकै बोडी ११०, घिउ सिमी लोकल १३०, घिउ सिमी राजमा १३०, भटमासकोसा १२० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ७०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ९०, झिगुनी ८०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १००, पिंडालू ९०, स्कुस ९० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ ३८०, राजा च्याउ २८०, कुरिलो ३००, न्युरो १२०, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ५००, सेलेरी २००,पार्सले ७००, पुदिना ७००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २२०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ११०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ११०, आँप (दसहरी) ११०, मौसम १७०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी