×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ८० रुपैयाँले घट्यो रायो सागको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL

सोमबार ८० रुपैयाँले घट्यो रायो सागको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

७ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य घटेको छ । रायो सागको मूल्य ८० रुपैयाँले घटेर प्रतिकेजी १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १६ रुपैयाँ, सानो गोलभेडा (टनेल) २२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी १३०, घिउ सिमी लोकल १२०, घिउ सिमी राजमा १३०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ६० रुपैयाँ, घिरौला ८०, झिगुनी ८०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) ८०, भिण्डी ६०, पिंडालू १००, स्कुस ८० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो ९०, ब्रोकाउली ११०, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४५०, सेलेरी २५०,पार्सले ६००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २४०, अनार ३५०, आँप (मालदह) ९०, आँप (दसहरी) ९०, मौसम १७०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, भारतीय मेवा ९०, किवि ५०० र आभोकाडो ६०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी