×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०० रुपैयाँले घट्यो कागतीको मूल्य, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१०० रुपैयाँले घट्यो कागतीको मूल्य, बिहीबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कागतीको मूल्य घटेको छ । कागतीको मूल्य १०० रुपैयाँले घटेर प्रतिकेजी १२० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ३२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी १००, मकै बोडी १२०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १३०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ७०, झिगुनी ७०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ९०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ८० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३५०, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १००, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ६०, जिरीको साग ४५०, सेलेरी २५०,पार्सले ५००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १००, हरियो लसुन १४०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती १२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १८०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २४०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी