×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रिकेट खेलाडीका लागि वाइवाइको १० लाख… (फोटो-कथा)

GLOBAL IME BANK

क्रिकेट खेलाडीका लागि वाइवाइको १० लाख… (फोटो-कथा)

२ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चौधरी ग्रुप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आईसीसी टि-२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सीजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका लागि १ हजार रुपैयाँ, प्रत्येक चौकाका लागि ८ हजार रुपैयाँ, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसैगरी प्रत्येक विकेटका लागि १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतकमा ५० हजार रुपैयाँ, प्रत्येक शतकबापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । 

त्यस्तै, वाइवाइले सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरि ९ लाख ४४ हजार रुपैयाँ भएकोमा उक्त रकममा ५६ हजार रुपैयाँ थप गरि हस्तान्तरण गरिएको वाइवाइले जनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: