काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपाल क्रिकेट संघको सहकार्यमा नेपालकै सर्वाधिक गतिमा बलिङ गर्ने खेलाडीको खोजी अभियानको रुपमा ‘बिट द स्पीड’ को पहिलो संस्करण सम्पन्न गरेको छ ।
२ महिना लामो रोमाञ्चक अभियान २१ बैशाख २०८१ मा सुरु भएको थियो । जसले नेपालका १८ सहरहरूमा तीव्र गतिका बलरहरूको प्रतिभा पत्ता लगाउने र उनीहरुको क्षमता विकास गर्ने उद्देश्य राखेको थियो ।
नेपालका १८ सहरहरुबाट उत्कृष्ट ७ जना खेलाडीहरुलाई काठमाडौंमा दोश्रो चरणको प्रतिस्पर्धाका लागि ल्याइएको थियो । उनीहरूले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए ।
अन्तिम चरणको प्रतिस्पर्धामा ७ प्रतियोगीहरूले आफ्नो बलिङ कौशल प्रदर्शन गरेका थिए । निर्णायकहरूले खेलाडीहरुको दौडने शैली, बल रिलिज, ग्यादर र गति जस्ता पक्षहरूको गहन मूल्याङ्कन गरेका थिए । प्रतिस्पर्धामा प्रदीप जैसवालले १२५ किमी प्रति घण्टाको नयाँ कीर्तिमान बनाउँदै प्रतियोगितामा जित हासिल गरे । सन्देश थापा र राहुल कुमार यादवले क्रमश: १२२ किमी प्रति घण्टा र १२१ किमी प्रति घण्टाको गतिसहित उत्कृष्ट प्रदर्शन गरेका थिए ।
भावी सम्भावनाको पहिचान गर्दै प्रतिस्पर्धी रवि दमाईलाई ‘इमर्जिङ ट्यालेन्ट’ को रूपमा नगद पुरस्कारसहित सम्मान गरिएको थियो । वर्ल्डलिंकको ‘बिट द स्पीड’ अभियानको विजेता प्रदीप जैसवालले पनि नगद पुरस्कार जित्नुका साथै, वर्ल्डलिंकको प्रायोजनमा भारतस्थित चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षणको अवसर प्राप्त गरेका छन् ।
१२१ किमी प्रति घण्टाको गतिमा बलिङ गरेका १४ वर्षीय राहुल कुमार यादवलाई पनि दर्शकहरुले निकै रुचाएका थिए साथै उनको बलिङ एक्सनलाई धेरै दर्शकहरुले श्रीलंकाका खेलाडी लसिथ मलिङगासँग समेत तुलना गर्दै भविष्यमा उनी एक उत्कृष्ट खेलाडीका रुपमा स्थापित हुने सम्भावना रहेको टिप्पणी गरेका छन् ।
समापन समारोहमा वर्ल्डलिंकका मार्केटिङ प्रमुख तेन्जिन छोगेलले भने, ‘हामी बिट द स्पीडमा प्राप्त भव्य प्रतिक्रियाबाट अत्यन्तै उत्साहित छौं । यो पहल क्यानको सहयोग बिना सम्भव थिएन । र हामी आगामी वर्षहरूमा थप प्रतिभा पत्ता लगाउन र उनीहरूको विकासमा सहयोग पुर्याउन उत्साहित छौं ।’
‘बिट द स्पीड’ अभियानले उदियमान क्रिकेटरहरूलाई एक महत्वपूर्ण मञ्च प्रदान गर्नुका साथै नेपालले विश्वस्तरका तीव्र गतिको बलरहरू उत्पादन गर्नसक्ने सम्भावनालाई पनि उजागर गरेको छ। वर्ल्डलिंक र क्यानको उत्कृष्टता प्रवर्द्धन गर्न र खेलकुदका नयाँ नायकहरूलाई प्रेरणा दिन सधैँ प्रतिबद्ध रहने बताइएको छ । यो अभियानले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने बताइएको छ। यस संस्करणका सबै भिडियोहरु कम्पनीको फेसबुक तथा युट्युबमा पनि उपलब्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्