×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डाउन सर्भर’ले काम गर्न थालेपछी यातायात कार्यालयमा सेवाग्राहीको थेगिनसक्नुको भीड… (फोटो-कथा) 

LAXMI SUNRISE BANK
GLOBAL

‘डाउन सर्भर’ले काम गर्न थालेपछी यातायात कार्यालयमा सेवाग्राहीको थेगिनसक्नुको भीड… (फोटो-कथा) 

८ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुई दिनदेखि ठप्प रहेको यातायात व्यवस्था विभागको सर्भर चल्न थालेको छ । अचानक विभागको सर्भर डाउन भएपछि रोकिएका सम्पूर्ण काम सर्भर सुचारु भएसँगै पुनः सुरु भएको हो । 

दुई दिनदेखि डाउन भएको सर्भर पुनः सुरु भएसँगै यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड लागेको छ । खासगरी काठमाडौँको ठूलो भर्याङ्ग यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको भीड लागेको हो । 

सर्भर डाउन हुँदा दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी सेवा प्रभावित भएको थियो । केन्द्रीय सर्भर नै डाउन हुँदा देशभरका यातायात कार्यालयहरुको कामसमेत प्रभावित बनेको थियो ।

सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका थिए । बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिला लगायतका काम ठप्प भएका थिए । तर, सर्भर पुनः सुचारु भएसँगै काठमाडौँसहित देशभरका जिल्लामा मंगलबार सेवाग्राहीहरुको भीड लागेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी