×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ वर्षमा रोजगारी खोज्दै ७ लाख ४१ हजार युवा विदेशिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१ वर्षमा रोजगारी खोज्दै ७ लाख ४१ हजार युवा विदेशिए

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा रोजगारी खोज्दै नेपालबाट ७ लाख बढी युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत वर्षमा ७ लाख ४१ हजार युवा विदेशिएका हुन् ।

गत आर्थिक वर्षमा विदेशिएका युवाको उक्त सङ्ख्या नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको सङ्ख्या रहेको विभागले जनाएको छ ।

यसरी रोजगारीका विदेशिनेहरुमध्ये सबैभन्दा धेरै यूएई गएको विभागको तथ्याङ्कले देखाएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्रै रोजगारीकै शिलशिलामा नेपालबाट १ लाख ९३ हजार ४ सय ३९ जना युवाहरु यूएई गएका छन् ।

यूएईपछि नेपालीहरु रोजगारीका लागि साउदी अरब, कतार, कुवेत, क्रोयसिया, रोमानिया, माल्टा, पोर्चुगल लगायतका देशमा जाने गरेका छन् ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मंसिरमा ६८ हजार २ सय १ र पुसमा ६५ हजार ८ सय १३ नेपाली रोजगारीका क्रममा विदेशिएका छन् । त्यस्तै, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३, वैशाखमा ७० हजार ६ सय ३७, जेठमा ७२ हजार ६ सय र असारमा ५८ हजार ७ सय ३६ जना नेपालीहरु विदेशिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी