काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।
‘सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ । यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ ।’, अर्थमन्त्री पौडेलले भने, ‘राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पुर्ण युवा युवतीहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको पनि जानकारी दिएका छन् । ‘युवाहरुलाई बिउविजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौँ ।’, अर्थमन्त्रीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्