×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोको उद्‌घाटन गर्न पुगेका अर्थमन्त्री पौडेलले भने- ‘मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्’ 

LAXMI SUNRISE BANK
GLOBAL

नाडा अटो शोको उद्‌घाटन गर्न पुगेका अर्थमन्त्री पौडेलले भने- ‘मन्त्रीलाई भाषण गर्न नबोलाइदिनुस्, काम गर्न दबाब दिनुस्’ 

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई भाषणमा समय व्यतीत गर्नुभन्दा काम गर्न दबाब दिन निजी क्षेत्रसँग आग्रह गरेका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा अटो शो २०२४’ को उद्‌घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । 

उनले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै मन्त्रीले सुन्नैपर्ने र आउनैपर्ने बाहेकका कार्यक्रममा बोलाउनु भन्दा काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदोरहेछ, काम गर्ने कि भाषण गर्ने ? अहिले मन्त्रीहरुलाई भाषण नभई काम गरेर समयको उपयोग गर्नुपर्छ भन्ने लाग्छ ।’, उनले भने, ‘तर निजी क्षेत्रका छाता संगठनहरुले महत्वका साथ बोलाउनुहुन्छ । न आउँ यथोचित आधार मर्यादा भएन भन्ने लाग्छ । आउँ समय भाषण गर्नमा व्यतीत हुन्छ । त्यसकारण अर्थमन्त्रीले सुन्नैपर्ने, गर्नैपर्ने र आउनैपर्ने बाहेक काम गर, भाषण कम गर भनी सहजिकरण गरिदिनुहुन सादर अनुरोध गर्दछु ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसाबले वर्तमान सरकार अघि बढेको पनि दाबी गरेका छन् । 

‘अहिले बनेको सरकार संसद्ले बनाउने सबैभन्दा स्थिर सरकार हो । यो सरकारको स्थिरताले नीतिगत स्थिरताको एउटा बलियो आधार दिएको छ । त्यसैले हामीले नीतिगत स्थिरताको जुन डिमान्ड छ, सरकारले जायज भन्छ ।’, उनले भने, ‘यो सरकार सबै नेपालीको हो ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी