×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यानडा पठाईदिने भन्दै २७ लाख ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्यानडा पठाईदिने भन्दै २७ लाख ठग्ने एक जना पक्राउ

Artha Sarokar

२ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ०६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ नयाँ बसपार्क बस्ने ३५ वर्षीय सुमन ज्ञवाली रहेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारेर ६ जना व्यक्तिबाट २७ लाख रुपैयाँ ठगी गरेका थिए ।

ज्ञवालीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  २६ गोङ्गबुबाट पक्राउ गरेको हो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी