काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चन्द्रागिरीले शतप्रतिशत नाफा कमाएको छ ।
समिक्षा अवधिमा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, चन्द्रागिरीको सञ्चालन आम्दानीमा पनि बढेको छ । कम्पनीको संचालन नाफा बढ्दा नाफामा सुधार आएको हो । सञ्चालन आम्दानी ९१ करोड ३४ लाख रुपैयाँबाट बढेर १ अर्ब रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च २८ करोड ५० लाखबाट घटेर २३ करोड १७ लाख काय भएको छ ।
कम्पनीको अन्य आम्दानी १ करोड १ लाख रहेको छ । चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ ।
चन्द्रागिरीको प्रतिसेयर आम्दानी १४. ५६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५. ३९ रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्