×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

र्यानसोमवयर आक्रमणको सिकार भए भारतीय बैंक, ३ सय बैंकको भुक्तानी प्रणाली अस्थायी रुपमा बन्द !  

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

र्यानसोमवयर आक्रमणको सिकार भए भारतीय बैंक, ३ सय बैंकको भुक्तानी प्रणाली अस्थायी रुपमा बन्द !  

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । र्यानसोमवयर आक्रमणको सिकार भएका ३ सय भारतीय बैंकको भुक्तानी सेवा बन्द भएको छ । 

भारतको प्रमुख बैंकिङ प्रविधि प्रदायक सी-ज टेक्नोलोजीमा भएको र्यानसोमवयर आक्रमणबाट बैंकहरुको भुक्तानी प्रणाली अस्थायी रुपमा बन्द भएका हुन् । 

हाल र्यानसोमवयरको आक्रमबाट हुनसक्ने थप क्षति न्यूनिकरणका लागि नियामक प्राधिकरणका अधिकारीहरुले देशको फराकिलो भुक्तानी नेटवर्कबाट लगभग ३ सय साना बैंकहरु बिच्छेद गरेको छ । त्यस्तै, एनपीसीआईले आक्रमण नफैलियोस् भनेर लेखापरीक्षणसमेत गरिरहेको छ । 

के हो र्यानसोमवयर
र्यानसोमवयर एक प्रकारको क्रिप्टोभाइरोलोजिकल मालवेयर हो । यसले ‘फिरौती’ भुक्तान नगरेसम्म पीडितको व्यक्तिगत डेटामा पहुँचलाई स्थायी रुपमा रोक्छ । र्यानसोमवयर आक्रमणले सी-एज टेक्नोलोजीहरुलाई असर गरेको छ । यसले राष्ट्रव्यापी साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणालीहरु प्रदान गर्दछ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी