×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकको नयाँ गन्तव्य बन्दै धाप ड्याम, काठमाडौँ नजिकै भएकाले जान पनि सजिलो, घुम्न पनि मनमोहक (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्यटकको नयाँ गन्तव्य बन्दै धाप ड्याम, काठमाडौँ नजिकै भएकाले जान पनि सजिलो, घुम्न पनि मनमोहक (फोटो-कथा)

Artha Sarokar

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर नगरपालिका-१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरुको नयाँ गन्तव्य बन्दै गएको छ । बर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौँबाट नजिकै रहेको मनमोहक ताल पर्यटकको रोजाईमा पर्ने गरेको हो । 

ड्याम करिब १३ हेक्टरमा फैलिएको छ । ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले तालको ७५ प्रतिशत भाग देखिनुका साथै सिजन अनुसार विभिन्न हिमश्रृंखलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृष्यहरूको समेत अवलोकन गर्न सक्नेछन् । धाप बाँध पुग्न शिवपुरी-नागार्जुन निकुञ्ज हुँदै जानुपर्ने हुन्छ । 

यहाँ जनका लागि सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै जान सकिन्छ भने कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी मन्दिरको दर्शन गर्दै बीच बाटोमै पर्ने मडिचुड दहको अवलोकन गर्दै पनि जान सकिन्छ । त्यसैगरी धाप ड्याम बाट ३ किमी को दूरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना तथा खाजा खाएर पुनः काठमाडौँ फर्कन सकिन्छ ।

चाबहिलबाट बाँधसम्मको दूरी करिब ३५ किलोमिटरको रहेको हुनाले आफ्नै सवारी साधनको प्रयोग गरेर पनि धाप ड्याम पुग्न सकिन्छ । त्यस्तै, चाबहिल-साँखु-जरसिंगपौवा हुँदै पनि ताल पुगिन्छ । यो रुटबाट जाँदा ३३ किलोमिटरको दूरी पार गर्नुपर्छ । धाप ड्याम निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले प्रतिव्यक्ति १०० रुपैयाँ प्रवेश शुल्क लाग्छ । साथै, मोटरसाइकल/स्कुटरमा जाँदा प्रति साधन १५० रुपैयाँ र व्यक्तिको छुट्टै शुल्क गरि २५० रुपैयाँ तिर्नुपर्छ । 

धाप ड्याममा पर्यटकका लागि अहिले कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन् । केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यु पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुरु भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी