काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले विद्युत् प्रयोगबापतको बक्यौता तिरेनन् भन्दैमा उद्योगमा लाइन काट्नु मान्छे काटसरह हुने बताएका छन् । बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेकोप्रति विरोध जनाउँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगीहरुको पक्षमा खुलेरै अभिव्यक्ति दिएका थिए ।
‘कसैले बदमासी गर्यो भने त्यसलाई दण्डित गर्ने हो, जरिवाना तिराउने हो, तर घाँटी काट्ने होइन ।’, मन्त्री खड्काले भने, ‘बक्यौता तिरेनन् भनेर उद्योगमा लाइन काट्न पनि मान्छेको घाँटी काट्नुसरह हो ।’
त्यस्तै, मन्त्री खड्काले महशुल उठाउने नाममा उद्योगको लाइन काट्दा उद्योगमा काम गर्ने मजदुर मर्कामा पर्ने र बिजुली लाइन नै काटिँदा उत्पादन घट्दा सरकारको राजस्व घट्ने भन्दै उनले घुमाइफिराई बक्यौता नतिर्ने उद्योगको लाइन काट्नु गलत भएको बताएका छन् ।
मन्त्री खड्काको यस्तो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘व्यापारीले बाबुले भन्दा पनि बढी माया गर्ने मन्त्री पाए’ भन्दै चर्चा भइरहेको छ ।
यसो त मन्त्री खड्का डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवादमा आफैँ अध्यक्ष रहेको विद्युत् प्राधिकरणको नभएर प्राधिकणलाई सवा ८ अर्ब रुपैयाँ बक्यौता नतिर्ने उद्योगीका पक्षमा खुलेरै प्रस्तुत भएका छन् । यसअघि पनि उनले विद्युत लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने सञ्चालक समितिको निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेख्ने दुई सञ्चालकलाई पदबाटै हटाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्