Skip to content
LAXMI SUNRISE BANK

मेटाका सीईओ मार्क जुकरबर्गलाई पक्राउ गर्न मस्कको माग 

अर्थ सरोकार

काठमाडौँ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गलाई पक्राउ गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत म्यासेजिङ एपका रुपमा लोकप्रिय टेलिग्रामका सीईओ पाभेल दुरोभ पक्राउ परेको विषयमा प्रतिक्रिया दिँदै मस्कले पाभेललाई पक्राउ गर्ने सरकारसँग जुकरबर्गलाईसमेत पक्राउ गर्न माग गरेका हुन् ।

मस्कले इन्स्टाग्राममा बाल शोषणको ठूलो समस्या रहेको उल्लेख गर्दै दुरोभको जस्तै आरोप जुकरबर्गमाथि पनि रहेकोले दुरोभलाई पक्राउ गर्दा जुकरबर्गलाई छोड्नु ठिक नभएको बताएका छन् । 

यतिसम्म की मस्कले टेलिग्रामका सीईओ पक्राउको विरोध गर्दै विभिन्न आरोपको विषयमा समाजिक सञ्जालका प्रमुख पक्राउ गर्दै जाने हो भने सन् २०३० सम्म युरोपमा ‘मिम’ मात्रै सेयर गर्दा पनि फाँसीको सजाय हुने बताएका छन् । त्यस्तै, मस्कले सामाजिक सञ्जालमा टेलिग्रामका सीईओ दुरोभको रिहाईको अभियान सुरु गरेको घोषणा गर्दै दुरोभ पक्राउ परे जुकरबर्ग पनि पक्राउ पर्नुपर्ने तर जुकरबर्गले मुक्ति पाउने हो भने दुरोभलाई रिहाई गर्नुपर्ने माग गरेका छन् । 

दुरोभलाई गत शनिबार फ्रान्सेली प्रहरीले म्यासेजिङ एप सम्बन्धी अपराधमा उनको आफ्नै निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्टबाट पक्राउ गरेको थियो । टेलिग्राम एप रुस, युक्रेन लगायतका देशमा म्यासेजिङ एपका रुपमा लोकप्रिय छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK