×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाबाट दिनमा तीन पटकभन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इसेवाबाट दिनमा तीन पटकभन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने

Artha Sarokar

१७ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनलाइन भुक्तानी प्रणाली इसेवाबाट एक दिनमा तीन पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने भएको छ । साउन १७ गतेदेखि लागू हुने गरी इसेवाले यस्तो नियम ल्याएको हो ।

तीन पटकसम्म पैसा पठाउँदा अतिरिक्त शुल्क लाग्दैन भने तीन पटक भन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने इसेवाले जनाएको छ ।

त्यस्तैगरी, एक सय भन्दा कमका सेन्ड मनी कारोबार नि:शुल्क रहेका छन् । यी बाहेक सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ अतिरिक्त शुल्क लाग्ने इसेवाले जारी गरेको सुचनामा उल्लेख छ ।

इसेवा अनलाइन माध्यमबाट रकम लेनदेनका लागि प्रयोगकर्ताहरुमाझ लोकप्रिय छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी