×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

 डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर, कतारी रियाल, युरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ भने युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी