Skip to content
LAXMI SUNRISE BANK

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर घट्दा यूरो र बेलायती पाउण्ड बढेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ ३८ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६९ पैसा र बिक्री दर ३६ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK