Skip to content
LAXMI SUNRISE BANK

एस.के. न्यौपानेको ‘गजल’

अर्थ सरोकार

लेख्ने नै हो भने त महाकाव्य लेख्न सकिन्छ

यहाँ निश्चल आत्माले संसार देख्न सकिन्छ ।।

मालिकको भजन गाउँनै पर्ने चलन आयो यहाँ

नत्र यो कुशासनको जरो किलो मेट्न सकिन्छ ।।

यत्र तत्र सर्वत्र सकियो जस्तो लाग्छ कहिलेकाहीँ

खोज्ने नै हो भने ईमानको पहाड भेट्न सकिन्छ ।।

समयले हिसाब राखेकै छ, को कति ओभानो छ

आँट्नुपर्छ मात्रै देशद्रोहिहरु लखेट्न सकिन्छ ।।

अथाह सम्भावना बोकेको मेरो देशको भबिस्य

जन्माउँदै बालेनहरु अलि माथि घचेट्न सकिन्छ ।।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK