Skip to content
LAXMI SUNRISE BANK

साउनमा घरजग्गा कारोबार साढे ११ प्रतिशतले बढ्यो, राजस्वमा पनि ३२ प्रतिशतको वृद्धि 

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गा कारोबार बढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबार ११.६४ प्रतिशतले बढेको हो । 

साउन महिनामा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएको थियो । 

यसअवधिमा घरजग्गा कारोबार बढेसँगै मालपोत कर पनि बढेको छ । चालु आर्थिक वर्षको साउनमा कुल ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ । जुन गत आर्थिक वर्षको साउनको तुलनामा ३१.७७ प्रतिशत बढि हो ।

गत आर्थिक वर्षको साउनमा भने घरजग्गा कारोबारबाट कुल २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK