Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० रुपैयाँले बढेर एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ४६० रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार ५ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्यको मूल्य एक लाख १८ हजार २ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५३९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK