×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १८५ रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १७८५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार ३ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १८ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम चाँदीको मूल्य १५३० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी