Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, प्रतितोला २१ सय रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २१०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २१०० रुपैयाँले बढेर एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १७४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK