काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले घटेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १७६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार २ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५०९ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।