काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्मा सेयर बजारबारे नबुझी बोल्ने सांसदले आउने चुनावमा ठूलो क्षति बेहोर्नुपर्ने बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन् ।
‘अस्थायी आकर्षणका लागि वा अस्थायी रुपमा म देखिँदो बन्छु भन्नकै लागि सेयर बजारबारे नबुझी बोल्नेहरुले अर्को चुनावमा ठूलो क्षति बेहोर्नुपर्छ ।’, ढकालले भने ।
त्यस्तै, उनले सेयर बजारबाट राज्यले ठूलो आम्दानी गरिरहेको स्मरण गराउँदै अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई नै टार्गेट गरेर राज्य सञ्चालन गर्ने तहमा पुगेका सांसदले नबुझी जे पायो त्यही बोल्न नहुने पनि बताएका छन् । जुन करदाताले तिरेको पैसाबाट सांसदले तलब भत्ता लिन्छन्, त्यही करदाताको सम्पत्ति क्षय हुनेगरि सांसदले बोल्न नहुने ढकालको भनाई छ ।
त्यस्तै, उनले आफू सांसद भएपछि सेयर बजार सुधारको विषयमा निरन्तर संसद्मा, संसदीय समितिमा आवाज उठाइरहेको र निरन्तर उठाइरहने भन्दै बजार विस्तार र सुधारका लागि आफूले सकेजति गर्ने पनि प्रतिवद्धता जनाएका छन् । सांसद ढकालसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्