×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठूलाठूला हाइड्रोपावरको कामले गति लिएको उर्जामन्त्रीको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ठूलाठूला हाइड्रोपावरको कामले गति लिएको उर्जामन्त्रीको दाबी

Artha Sarokar

९ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूलाठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन् । उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुणजस्ता ठूलाठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको दाबी गरेका हुन् ।

उनले सरकारले हाइड्रोपावर क्षेत्रमा अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गरेका छन् ।

त्यस्तै, मन्त्री खड्काले स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाहरुको कामलाई समयमै सम्पन्न गर्न सरकार कटिवद्ध भएर लागेको पनि उल्लेख गरेका छन् । ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ ।’, मन्त्री खड्काले भने ।

मन्त्री खड्काले आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको स्वीकार्दै त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी