×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमाको लोभमा आफ्नै पसलमा आगो, सुजन जेल जाने पक्का !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बीमाको लोभमा आफ्नै पसलमा आगो, सुजन जेल जाने पक्का !

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गत साउन १६ गते बिहान २ बजेतिर पोखरा-६ बैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको सूचना प्रहरीकोमा पुग्यो । 

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको कमान्डमा तत्कालै प्रहरी घटनास्थलमा तैनाथ भयो । लगत्तै सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि पुग्यो । सुरक्षाकर्मी र स्थानीयवासीले महानगरको दमकलको सहायताले एक घण्टाभित्रमा आगो पूर्ण रुपमा निभाए । नारेश्वरस्थित डा. थानेश्वर पहारीको घर भाडामा लिएर पोखरा-१७ निवासी ३६ वर्षीय सुजन गहतराजले सपिङ सेन्टर चलाएका थिए ।

प्रहरीसँगको बयानमा सुजनले नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको प्रहरीलाई बयान दिए । उनले पसलको बीमा गराएको छैन भनेर प्रहरीलाई भनेका थिए । घटनाबारेमा थप सोधपुछ गर्दै जाँदा घटना शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढायो ।

प्रहरीले इन्र्भटर सप्लाइ गर्ने व्यक्ति र विद्युत् प्राधिकरणसँग बुझ्दा इन्भर्टरमा आगो लाग्दैन बरु जोड्ने क्रममा बिग्रन सक्छ भन्ने जवाफपछि प्रहरीले पसलका सञ्चालक सुजनमाथि थप अनुसन्धान गर्दा उनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको थियो ।

पसलका सञ्चालक सुजनले साथी पोखरा-१७ निवासी ४३ वर्षीय पवन नेपालको सहयोगमा बीमा कम्पनीबाट रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अनुसन्धानका क्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा पसल सञ्चालकले रु दुई करोड १० लाख बराबरको पसलको बीमा गरेको र सो रकम पाउनका लागि आगलागी गराएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् । उनका अनुसार दुवै जना रातको समयमा ग ३ च ६२६६ नम्बरको गाडी चढेर पसल पुगेको र सञ्चालक गहतराज गाडीमा बसेको तथा पवनले सलाई बाली एक्कासि आगो लगाएपछि दुवै जना गाडी चढेर भागेका थिए । 

प्रारम्भिक सोधपुछका क्रममा गत वर्ष पवन नेपालले सञ्चालन गरेको पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा आगलागीपछि बीमाबाट उनले ३१ लाख पाएका थिए । सोही कुराले सुजन प्रभावित भई आगलागीको योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान गरिरहेको बताएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी