×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इस्कोनमा जन्माष्टमीः श्रीकृष्णको भक्तिमा भक्तजन तल्लीन, झरीमा रुझेरै पनि नाँच्दै गाउँदै… (फोटो-कथा) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इस्कोनमा जन्माष्टमीः श्रीकृष्णको भक्तिमा भक्तजन तल्लीन, झरीमा रुझेरै पनि नाँच्दै गाउँदै… (फोटो-कथा) 

Artha Sarokar

१० भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको दिनको अवसरमा मनाइने कृष्ण जन्माष्टमीमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइँदैछ । 

यही अवसरमा आज काठमाडौँको बुढानिलकण्ठस्थित अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ नेपाल (इस्कोन)मा भगवान् श्रीकृष्णको पूजाआराधना गर्ने भक्तजनहरुको भीड लागेको छ ।

श्रीकृष्णप्रतिको आस्था र विश्वासका साथ इस्कोन पुगेका भक्तजनहरु वर्षाका बाबजुत पनि श्रीकृष्ण भगवानको पूजा गरिरहेका छन् । इस्कोनमा झरीमै भिझ्दै भए पनि भक्तजनहरु भगवान श्रीकृष्णको दर्शन र पूजा गर्न लामो लाइनमा बसिरहेका छन् । 

यहीबीच इस्कोन पुगेका भक्तजनहरु लाइनमै बसेर भए पनि श्रीकृष्णको भक्ति गर्दै नाँच्दै गाउँदै गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी